काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले अदालतमा आत्मसमर्पण गरेका छन् ।
गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको घटनापछि फरार रहेका रावलले आज जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।
अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटीमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसमर्पण गरेपनि अन्य ७ जना भने अझै फरार छन् ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend