Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार


    शनिबार, बैशाख २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७, कञ्चन भोजस्थित बोर्डरको आउट पोष्ट (बिओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिजो शुक्रबार राति चौंसिर ड्युटीमा रहेका बेला स्थानीय युवाहरूको एक समूह आएर खुकुरी प्रहार गरेको जनाएको छ ।

    उनको बायाँ पाखुरामा चोट लागेको छ ।

    होहल्ला गरिरहेका १०–१५ जनाको संख्यामा रहेका स्थानीय युवाको समूहलाई सम्झाउँदै गर्दा उनीमाथि आक्रमण भएको जनाइएको छ ।

    आक्रमणकारी समूह फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार