काठमाडौं । उपचारमा लागेको खर्च दिन नसकेको भन्दै ५ दिनदेखि बन्धक राखेको वीरेन्द्र सदाको शब बिराटनगरको न्यूरो अस्पतालले शुक्रबार उनको परिवारलाई दिएको छ ।
गएको चैत २८ मा बिराटनगरको न्यूरो अस्पतालमा भर्ना भएका वीरेन्द्र सदाको सोमबार निधन भएको थियो । उपचार खर्च जुटाउन सिरहा गएकी उनकी श्रीमती लालमतीलाई सोमबार श्रीमानको निधन भएको खबर आयो । उनी अस्पतालमा जाँदा उनलाई उपचार र औषधि बापतको रकम नतिरेसम्म अस्पतालले सब नदिएको समाचार शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको थियो ।
घरजग्गा नभएका वीरेन्द्र सदाकी श्रीमती मालतीले अस्पतालमा तिर्न रकम नभएको पीडा ब्यक्त गरेको समाचार पढेपछि अधिवक्ता राधिका खतिवडाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरी उनको बन्धक राखिएको शब परिबारलाई दिने बातावरण बनाउन आग्रह गरिन् । अधिवक्ता खतिवडाले लेखेकी छन्–‘मालती सदाले पैसा तिर्न नसकेर अस्पतालमा शब बन्धक भएको समाचार पढ्ने बितिक्कै मलाई साह्रै पीडा भयो । त्यसपछि मैले गृहमन्त्री, प्रधानमन्त्रीको सचिवालय, कोशी प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका महान्यायाधिवक्तालाई फोन गरें, कसैको पनि उठेन ।
गृहमन्त्रीलाई म्यासेज गरें, केही समयपछि गृहमन्त्रीले नै फोन गर्नुभयो र बिराटनगर न्यूरो अस्पतालले पैसा नतिरेकोमा शब नदिएको भन्ने सम्बन्धमा सबै कुरा बताएँ, उहाँले म तत्कालै बुझेर समाधान गर्छु भनेर आश्वासन दिनुभयो । मैले समाचार लेख्ने बिराटनगरका पत्रकार बिनोद भण्डारीलाई फोन गरेर मृतकको परिवारको सम्पर्क नम्बर मागेर मृतकको श्रीमती लालमती सदा र छोरा अंकित सदालाई फोन गरेर गृहमन्त्रीले भन्नुभएका सबै कुरा सुनाएँ । यदि आज साँझसम्म सरकारले पहल नगरेमा निजी तवरले व्यक्तिगत सहयोग जुटाएर पनि भोलि सम्ममा समस्या समाधान गर्न पहल गर्नेछु, ढुक्क हुनुहोस् भनेर प्रतिबद्धता जनाएको थिएँ । केही बेरअगाडि मृतकको श्रीमतीले फोन गरी तपाईंको पहलले मैले मेरो श्रीमानको शव बुझें, आजै दाहसंस्कार गर्छु भनेको सुन्दा मेरो मन साह्रै प्रफुल्लित भएको छ ।’
अधिवक्ता खतिवडाले आफ्नो अनुरोध सुनेर अस्पतालले बन्धक राखेको शब परिवारलाई दिने वातावरण बनाउने गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कान्तिपुरकर्मी बिनोद भण्डारी, प्रकाश धौलाकोटी र दुर्गा खनाललाई धन्यवाद पनि दिएकी छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend