काठमाडौँ। चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१, बझाङका ३६ वर्षीय जीवनबहादुर रावल रहेका छन्।
रावललाई बिहीबार जितपुरसिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
नेपाली कांगेस चिवतनका महासमिति सदस्य रहेका कँडेल मङ्गलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
घटनास्थलमा भेटिएको सुसाइड नोटका आधारमा कँडेलका परिवारले प्रदीप रूङ्टा र जीवन रावलविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए।
केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए। हिजो पक्राउ परेका जीवन रावल कँडेलकै कम्पनीमा कार्यरत चार्टर्ड अकाउन्टेन्ट हुन्।
शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।
कँडेलको परिवारले दिएको जाहेरीका आधारमा रावललाई पक्राउ गरिएका र उनीविरूद्ध अदालतबाट म्याद थप गराई थप अनुसन्धान हुने डिएसपी पण्डितले जानकारी दिए।
उक्त घटनापछि रूङ्टा भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend