काठमाडौं । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं प्रतिवेदनले औंल्याएअनुसार स्थानीय तहमा भएको बेथितिबारे कारणसहित प्रतिवेदन मन्त्रालयमा पठाउन देशभरका स्थानीय तहलाई निर्देशन गरेको छ ।
मन्त्रालयले बेरुजुको कारणसहित प्रतिवेदन पठाउन पत्राचार गरेको जानकारी दिँदै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले भने, ‘पत्राचारको क्रममा असुलउपर गर्नुपर्ने बेरुजु असुल गर्न पनि कडाइका साथ भनेका छौं ।’
मन्त्रालयले आगामी जेठ १५ गतेभित्र बेरुजुको कारणसहित स्थानीय तहको बेरुजु टिप्पणी फाइल मन्त्रालयमा पठाउन आवश्यक सहजीकरण र समन्वयको जिम्मेवारी जिल्ला समन्वय अधिकारी र जिल्ला समन्वय अधिकारीलाई दिएको छ ।
महालेखा परीक्षकको कार्यालयबाट असुल उपर गर्नुपर्ने भनी औंल्याइएको बेरुजका सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्राचार गरी सूचना पठाउन र असुरउपर गरी लेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।
त्यसै गरी महालेखाले नियमित हुनुपर्ने भनी औंल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईंसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउन पनि पत्रमा भनिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend