Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप तीन मन्त्री नियुक्त


    बुधबार, बैशाख २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

    प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई आजै राष्ट्रपतिले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुले भोलि ३ बजे शपथ लिने बताइएको छ ।

    यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा कांग्रेसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार