काठमाडौँ । देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरकाे बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत दुईजनालाई अवैध लागुऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागुऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागुऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend