काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तब्य हो, मलेसिया । नेपाली कामदारका लागि आकर्षक तलव सुबिधा भएका कम्पनीहरुको पहिचान गर्ने कार्यमा मलेसियास्थित नेपाली राजदूतले सहयोग गर्नुपर्ने हो । तर मलेसियास्थित नेपाली राजदूत डिल्लीराज पौडेल भने मानवतस्करका मतियार बनेका छन् । तर उनले बतासे कम्पनीमा ९ सयको संख्यामा कामदार पठाउने माग प्रमाणीकरण गरेपछि विवादको बिषय बनेको छ । उनले काम दिनसक्ने क्षमता नै नभएको कम्पनीमा केही नेपालका म्यानपावर कम्पनीको डिमाण्ड पेश गर्न लगाएका छन् ।
आर्थिक चलखेलमा राजदूत पौडेलले कामै दिन नसक्ने मलेसियाको Star Domain Sdn. Bhd. मा ९ सय कामदारको फाइल प्रमाणीकरण गरेपछि यो बिषय विवादमा परेको छ । पौडेलले उक्त कम्पनीमा ९ सय नेपाली कामदारलाई मलेसियामा लगेर अलपत्र पार्ने म्यानपावर दलालहरुको मतियार बनेका छन् ।
मलेसियाको Star Domain Sdn. Bhd. कम्पनीमा ९ सय कामदारको फाइल ८ महिनाअघि श्रम सहचारी समक्ष पेश भएको थियो । उक्त कम्पनीको कागजातको प्रारम्भिक जाँच गर्दा विश्वसनीय नदेखिएको, उक्त कम्पनीका डाइरेक्टरलाई दूतावासमा आउन भन्दा डेढ महिनापछि आएको, कम्पनीको इमेल, बेबसाइट, नदेखिएकाले श्रम सहचारी दीपक ढकालले त्यो फाइल नै रद्द गरिदिएका थिए । तर मलेसियास्थित श्रम सहचारी ढकालको कार्यकाल सकिएर स्वदेश फिर्ता भएपछि राजदूत पौडेलले उक्त फाइल सदर गरेका छन् । ढकालले उक्त कम्पनीका डाइरेक्टर भनिएका ब्यक्तिको हस्ताक्षर चेक गर्दा नमिलेको देखिएको, नेपालबाट लगिएका त्यति धेरै कामदारहरुलाई कहाँ कहाँ राख्ने कुनै योजना नभएको देखिएपछि उक्त फाइल रद्द गरेका थिए ।
म्यानपावरका स्थानीय दलालहरुको बढी चलखेल भएको र ठूलो संख्यामा नेपाली ल्याएर काम दिनसक्ने क्षमता नदेखिएको र दूतावासमा पेश गरिएको कागजातमा नक्कली सही सहित पेश गरिएको हुँदा चर्को दबाबका बाबजुद उक्त फाइल प्रमाणिकरण नगरी रद्द गरिदिएका थिए ।
त्यस्तो अविश्वसनीय कम्पनीमा ९ सय नेपाली कामदार ल्याएर अलपत्र पर्ने देखिएकाले फाइल रद्द गरिएको जगजाहेर हुँदाहुँदै राजदूत पौडेलले आर्थिक प्रलोभनमा परी प्रमाणीकरण गरेको आरोप छ ।
पौडेल देशको नभएर बदनाम म्यानपावर कम्पनीको दूत जस्तै भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको कोटामा राजदूत भएका पौडेलले केही विवादित म्यानपावरहरुको माग प्रमाणीकरण गरेको आरोप छ । इमेल, बेबसाइट समेत नभएको मलेसियाको Star Domain Sdn. Bhd. कम्पनीमा ९ सय कामदार आपूर्तिका लागि नेपालका नूर अपरच्यूनिटिज प्रालि, पंगेनी ह्यूमन रिसोर्स प्रालि, मार्भलस मेनपावर प्रालि सहित ७ वटा कम्पनीको प्रस्ताव पेश गरिएको थियो । कम्पनी विश्वसनीय नदेखिएपछि श्रम सहचारी ढकालले रद्द गरिदिए । तर आर्थिक प्रलोभनमा परी राजदूत पौडेलले प्रमाणीकरण गरेपछि उनका कारण ९ सय कामदार अलपत्र पर्ने खतरा देखिएको छ ।
पौडेलले राजदूत हुन ठूलो रकम खर्च गरेको भन्दै त्यो उठाउन ९ सय कामदारलाई अविश्वसनीय कम्पनीमा पठाउने जस्तो गलत काम गर्न लागेका छन् । जसलाई परराष्ट्र मन्त्रालयले नरोक्ने हो भने नेपाली युवाहरु ठगिनबाट जोगिन नसक्ने भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend