काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्। शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो।’
सरकारले किताब छपाइ र ढुवानी ढिला गर्दा कर्णालीमा परीक्षा सकिने बेलासम्म विद्यार्थीले पाठ्पुस्तक पाउँदैनथे। यसलाई सामान्य मानिन्थ्यो। नयाँ शैक्षिक सत्रअन्तर्गत कर्णालीमा आइतबारदेखि पठनपाठन हुँदै छ। तर यसपटक आशा लगायतका विद्यार्थीले अघिल्ला वर्षमा जस्तो किताब नपाएर वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसपटक विद्यालय सुरु नहुँदै विद्यार्थीले किताब पाइसकेका छन्।
‘यस वर्ष त विद्यालय नखुल्दै किताब आइपुगे, अच्चमै भयो,’ आशाले भनिन्, ‘अब सधैं यस्तै भइदिए हामी कर्णालीका विद्यार्थी पनि सुगम ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौं किरु’ कालिकोटमा कक्षा ६ देखि १० सम्म २१ हजार ५९० विद्यार्थी छन्। उनीहरूका लागि आवश्यक साढे चार हजार सेट किताब सूचीकृत स्टेसनरी व्यवसायीमार्फत दु्ई साताअघि जिल्लामा पुगेका छन्।
हिमाली जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। स्टेसनरी व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नेपालगन्ज कार्यालयबाट हवाई मार्ग भएर किताब हुम्लामा पुर्याउँछन्। अघिल्लो वर्ष हुम्लामा असोजतिर किताब पुगेका थिए। त्यो पनि विद्यार्थी अनुपातमा आधा मात्रै। यो वर्ष भने ६ देखि १० कक्षाका ६ हजार ५७० विद्यार्थीका लागि पर्याप्त पुस्तक हुम्ला पुगिसकेका छन्।
हुम्लामा विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने जिम्मा तीनवटा स्टेसनरी व्यवसायीले पाएका छन्। यसपटक ती तीनवटा स्टेसनरी व्यवसायीले क्रमशः ४७५, ५२५ र (२) सेट पुस्तक जिल्लामा लगेर पालिका–पालिकामा पुर्याएका छन्।
‘पहिलोपटक हुम्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन्,’ हुम्लाका स्टेसनरी व्यवसायी लोकेन्द्र भण्डारीले भने, ‘यो वर्ष हुम्लामा पाठ्यपुस्तक अभाव भएका समाचार सुन्न पाइनेछैन्।’ भण्डारीका अनुसार जिल्लामा पुगेका पुस्तक स्थानीय तहको मागका आधारमा सम्बन्धित विद्यालयसम्म पुर्याइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend