काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्। शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो।’
सरकारले किताब छपाइ र ढुवानी ढिला गर्दा कर्णालीमा परीक्षा सकिने बेलासम्म विद्यार्थीले पाठ्पुस्तक पाउँदैनथे। यसलाई सामान्य मानिन्थ्यो। नयाँ शैक्षिक सत्रअन्तर्गत कर्णालीमा आइतबारदेखि पठनपाठन हुँदै छ। तर यसपटक आशा लगायतका विद्यार्थीले अघिल्ला वर्षमा जस्तो किताब नपाएर वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसपटक विद्यालय सुरु नहुँदै विद्यार्थीले किताब पाइसकेका छन्।
‘यस वर्ष त विद्यालय नखुल्दै किताब आइपुगे, अच्चमै भयो,’ आशाले भनिन्, ‘अब सधैं यस्तै भइदिए हामी कर्णालीका विद्यार्थी पनि सुगम ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौं किरु’ कालिकोटमा कक्षा ६ देखि १० सम्म २१ हजार ५९० विद्यार्थी छन्। उनीहरूका लागि आवश्यक साढे चार हजार सेट किताब सूचीकृत स्टेसनरी व्यवसायीमार्फत दु्ई साताअघि जिल्लामा पुगेका छन्।
हिमाली जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। स्टेसनरी व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नेपालगन्ज कार्यालयबाट हवाई मार्ग भएर किताब हुम्लामा पुर्याउँछन्। अघिल्लो वर्ष हुम्लामा असोजतिर किताब पुगेका थिए। त्यो पनि विद्यार्थी अनुपातमा आधा मात्रै। यो वर्ष भने ६ देखि १० कक्षाका ६ हजार ५७० विद्यार्थीका लागि पर्याप्त पुस्तक हुम्ला पुगिसकेका छन्।
हुम्लामा विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने जिम्मा तीनवटा स्टेसनरी व्यवसायीले पाएका छन्। यसपटक ती तीनवटा स्टेसनरी व्यवसायीले क्रमशः ४७५, ५२५ र (२) सेट पुस्तक जिल्लामा लगेर पालिका–पालिकामा पुर्याएका छन्।
‘पहिलोपटक हुम्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन्,’ हुम्लाका स्टेसनरी व्यवसायी लोकेन्द्र भण्डारीले भने, ‘यो वर्ष हुम्लामा पाठ्यपुस्तक अभाव भएका समाचार सुन्न पाइनेछैन्।’ भण्डारीका अनुसार जिल्लामा पुगेका पुस्तक स्थानीय तहको मागका आधारमा सम्बन्धित विद्यालयसम्म पुर्याइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend