Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजीको नेतृत्वमा ११ सदस्यीय समिति गठन


    शुक्रबार, बैशाख १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् ।

    कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्या रहस्य बन्दै गएपछि प्रहरीले गम्भीरता देखाउँदै उच्चस्तरीय अनुसन्धान समिति बनाएको हो । वैशाख ७ मा दिउँसो कपनस्थित सरस्वती नगरमा भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार