काठमाडौं । ‘नखेलौं जुवा र तास, धनको नास जीवनको वनबास’ भन्ने गीत नै छ । जुवा, तास खेल्नु र खेलाउनु अपराध हो । कानुनले दण्डनीय अपराध मानेको जुवातास खेलाउनेसँग नारिएर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजीहरुले बधाइ र खादा लगाएका तस्वीर सामाजिक संजालमै सार्वजनिक भएका छन् ।
लामो समयदेखि करोडौं करोडका जुवा खेलाउने सोमबहादुर तामाङ उर्फ सोम पाख्रिनले एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, दीपक थापासँग खिचेको तस्वीर फेसबुकमा राखी बधाइ दिएका छन् । एआईजी ज्ञवालीको तस्वीर भने उनले केही दिन राखेर हटाएका छन् । डीआईजी भण्डारीसँगका फोटाहरु पनि सोमबहादुरले सार्वजनिक गरेका छन् ।
जुवातास खेलाउनेहरुले डीआईजी र एआइजीसँग नारिएर तस्वीर राखेपछि भोलि मातहतका प्रहरीेले उनीहरुलाई जुवा खेलिरहेको ठाउँबाट पक्राउ गर्न सक्लान् ? डीआईजी र एआइजीहरुसँगको पहुँच भएकाहरुलाई कसरी समात्ने ? यो जटिल प्रश्न पैदा भएको छ ।
काभ्रेका सोमबहादुर तामाङले धुलिखेल, बनेपा, भकुन्डेबेसी र पाँचखालमा ठाउँ फेरी फेरी जुवा खेलाउने गरेका छन् । उनले चिप्स राखेर जुवा तास खेलाउने गरेको आरोप छ । तामाङले जुवा खेलाउँदै जाने क्रममा मदिराको नसा लागेकाहरु लुटिएका घटना पनि घट्नेगरेका छन् । यी जुवा अखाडामा काभ्रेका प्रहरीका घुमुवालाई मासिक घुस दिएर निर्धक्क जुवा अखाडा संचालन गर्ने काम सोमबहादुरले गर्दैआएका छन् ।
करिब ५ बर्षसम्म काभ्रे प्रहरीका घुमुवा टोपबहादुर गिरीले सोमबहादुरका जुवा अखाडा निर्बाध संचालन गर्ने वातावरण मिलाएका थिए । जिल्लादेखि प्रदेशका हाकिमसम्मलाई बुझाएर गिरी र कृष्ण अधिकारीले सोमबहादुरदेखि पाराङ तामाङको जुवा खेलाउने धन्दाको संरक्षण गरेका थिए ।
पहाडी जिल्लामध्ये देशको राजधानी काठमाडौं उपत्यकासँग जोडिएको काभ्रेमा जुवा अखाडा संचालित हुँदैआएका छन् । काभ्रेका पाँचखाल, धुलिखेल, बनेपा, भकुन्डबेसी, पनौतीमा धेरै जुवा अखाडा प्रहरीकै संरक्षणमा संचालित छन् । जहाँ लाखौं लाखको जुवा खेल हुने गरेको छ । यी जुवा अखाडा संचालकसँग मिलेमतो गरी संरक्षण गरेबापत काभ्रे जिल्ला प्रहरीका घुमुवादेखि संघीय इकाई प्रहरी कार्यालयसम्म भागबण्डा हुनेगरेको छ ।
डेढ बर्षअघि प्रहरीकै संरक्षणमा सोमबहादुरहरुले जुवा अखाडा संचालन गर्दैैआएको भिडियोसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो ।
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनमै गुनासो पुगेपछि १३ बर्षदेखि कार्यरत घुमुवा टोपबहादुर गिरी र कृष्ण अधिकारीको सरुवा भएको थियो ।
संघीय प्रहरी ईकाई प्रहरी कार्यालय बागमतीका तत्कालीन एसएसपी उमेशराज जोशी हुँदा पनि सोमबहादुरहरुले जुवा अखाडा काभ्रेमा संचालन गरेका थिए । जोशीले पनि घुमुवा गिरीमार्फत् जुवाडेहरूसँग कमिशन खाएको आरोप लागेको थियो । जोशीभन्दा अघिका एसएसपीहरुले समेत काभ्रेका ठूला जुवा अखाडा संचालक सोमबहादुर, पाराङहरुबाट गिरीमार्फत् लिने गरेको बारेमा समाचार आइसकेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend