काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको विवरण अनुसार मुख्यमन्त्री अधिकारीले काठमाडौंमा घडेरी किनेको र चितवनमा रिसोर्टमा लगानी गरेको बताएका छन् । प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उनको भनाइ ।
मुख्यमन्त्री अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन्। हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने पनि उनले विवरणमा खुलाएका छन्।
उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको विवरणमा भनिएको छ । सम्पत्ति विवरणमा मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट नगद १५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्।
यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन बैंक तथा वित्तीय संस्थामा कति नगद भन्ने खुलाका छैनन्।
उनले आफूसँग तीन तोला सुन रहेको पनि बताएका छन् । उक्त सुन पनि अंशवण्डाबाट प्राप्त गरेको उनको भनाइ छ । अधिकारीले पेश गरेको विवरणमा गण्डकी विकास बैंकमा २ हजार ४९७ कित्ता शेयर रहेको उल्लेख गरेका छन्। उक्त शेयर कृषि आम्दानीबाट खरिद गरेको उनले बताए ।
उनले खेतीपातीबाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको पनि दाबी गरेका छन् । पोखरामै अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख लगानी रहेको पनि अधिकारीले विवरणमा पेश गरेका छन्।
मुख्यमन्त्री अधिकारीसँग अहिले स्कोर्पियो गाडी छ। उक्त गाडी कार बेचेर भएको आम्दानीमा थप लगानी गरेर ५० लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन्।
यस्तै, मुख्यमन्त्री अधिकारीले चितवनमा बन्दै गरेको फ्रेस वेब रिसोर्टमा पनि लगानी गरेको उल्लेख गरेका छन्। श्रीमती पाण्डेको नाममा उक्त रिसोर्टमा २० लाख बराबरको शेयर लगानी गरेको उनले विवरणमा खुलाएका छन्।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend