Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ


    शुक्रबार, बैशाख ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।

    वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

    रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरू पक्राउ परेका हुन् । गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार