काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयहरू नै बिचौलियाको घेराबन्दीमा रहने गरेकाले सुशासन कार्य जटिल र चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन् ।
भ्रष्टाचार नियन्त्रणमा काम गर्दै आइरहेका यी दुवै निकायले भ्रष्टाचार रोक्न ती सरकारी कार्यालयमा बिचौलिया प्रथा अन्त्य हुनुपर्ने सुझाव दिएका छन् । अख्तियारले गत आर्थिक वर्षमा मात्रै घुसको लेनदेन गर्ने १ सय ७४ जना बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्नुले पनि बिचौलियाहरू कुन हदसम्म हावी भइरहेका छन् भन्ने तथ्य उजागर गरेको छ ।
अख्तियारले भ्रष्टाचारको प्रकृति विश्लेषण गर्दा कर्मचारीका साथै निर्वाचित तथा मनोनित पदाधिकारी र बिचौलियार मतियारसमेतको संलग्नतामा भ्रष्टाचार अत्यधिक रूपमा भइरहेको विश्लेषण गरेको छ । अख्तियार र सर्तकता केन्द्रले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयमा भ्रष्टाचार बढी हुने र बिचौलियाहरू हाबी हुने निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्रीको कार्यालयले त्यसलाई रोक्न कुनै रणनीति बनाएको छैन ।
मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, सिँचाई कार्यालय, घरेलु कार्यालय, स्थानीय तहहरूलगायतका निकायमा बिचौलियाहरू हाबी हुने गरेका छन् । यो समाचार नेपाल समाचार पत्रदैनिकमा छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend