Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


    शनिबार, बैशाख २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    घोराहीबाट बुटवल जाँदै गरेको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भएको थियो । बस दुर्घटना हुने थाहा पाएपछि हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

    शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तिमा ठोक्किएको थियो । घाइते घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    दुर्घटनामा ज्यान गुमाएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार