Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते


    शनिबार, बैशाख २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

    उनको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ । आरोपी प्रकाशलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको बताइएको छ ।

    भिआइपी सुरक्षामा खटिएका प्रहरी हवल्दारले नै गोली चलाउँदा उनको खुट्टामा चोट लागेको जनाइएको छ । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार