काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’ अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो । सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो ।
विपत्सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो ।
वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ । मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न हितकर ठानिन्छ ।
वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ (गाढा रातो) दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ । यो समाचार नागरिक दैनिकमा छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend