Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • इजरायल ठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने युवक पक्राउ


    बुधबार, चैत्र २९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ‘इजरायल पठाइदिन्छु’ भन्दै लाखौँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्दियाको खैरापुर घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

    उनी दुईजनाबाट ३१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । इजरायलको एग्रिकल्चरमा जागिर हुने र प्रत्येक महिना १ लाख ९० हजार तलब हुने भन्दै प्रलोभन देखाएका थिए ।

    उनले जनही १८ लाख रुपैयाँ खर्च लाग्ने भन्दै दुईजना पीडितबाट ३१ लाख रुपैयाँ लगेको खुलेको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार