Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • ११८ किलो चरेश र ६५ किलो गाँजा बरामद, ३ जना पक्राउ


    आइतबार, चैत्र २६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगंज । इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको ठोरी गाउँपालिका वडा नं २ बाट शुक्रबार ६१ किलो गाँजा बरामद गरेको छ । ठोरीबाट हनुमाननगरतर्फबाट ढेडु खोलाको बाटो हुँदै शंकास्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका चितवन लोथर नगरपालिका वडा नं ९ बस्ने वर्ष ५७ का रामबहादुर तामाङलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सेतो रङको बोराभित्र रातो र पँहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा फेलापरेकाले लागूऔषध सम्बन्धी कसुरमा शुक्रबार पर्सा जिल्ला अदालतबाट ४ दिन म्यादथप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी आइतबार पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ देउरीयास्थित प्रदेशी राउतको घरबाट १ सय १८ किलो चरेश बरामद भएको छ । राउतको घरमा लागुऔषध चरेश छ भन्ने गोप्य सूचनाका आधारमा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही समेतको संयुक्त प्रहरी टोलीले घर तथा टहरामा खानतलासी गरेको थियो । खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको १ सय १८ किलो चरेश र गाँजा ४ किलो फेला परेको थियो ।

    पक्राउ पर्नेहरुमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ बस्ने वर्ष ६० का प्रदेशी राउत (थारु), मकवानपुर रक्सीराङ गाउँपालिका वडा नं ८ बस्ने वर्ष ३८ का रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका वडा नं ६ बस्ने वर्ष २५ का रोशन मोक्तान छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार