Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा स्याङ्जाका २१ वर्षीय युवक पक्राउ


    शुक्रबार, चैत्र २४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल पक्राउ परेका छन् ।

    उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

    प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्‍याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन्

    पक्राउ परेका ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार