Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषधसहित ८ जना पक्राउ


    बिहिबार, चैत्र २३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो ।

    यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार