Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • न्यायाधीश गिरीविरुद्ध वैवाहिक करणी मुद्दामा पक्राउ पुर्जी जारी


    बुधबार, चैत्र २२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो। जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।

    श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेअनुसार अदालतले दिएको हो ।

    यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार