Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खरदार र लेखापढी व्यवसायी १५ हजार घुससहित पक्राउ


    आइतबार, चैत्र १९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार र एक जना लेखापढी कानून व्यवसायी पक्राउ परेका छन् । उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार