Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ


    शनिबार, चैत्र १८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

    सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार