Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डलर साट्ने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, चैत्र १७ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट साढे ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएको घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भईरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार