काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताबाट अनुमोदन भएका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । अछामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्य मन्त्री शाहले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारलाई आम नागरिकको सरकार बनाउनतर्फ आफ्नो नेतृत्व लागि परेको बताए ।
मुख्य मन्त्री शाहले प्रदेशका योजनाका बारेमा स्थानीय सरकारलाई जानकारीबिना अब कुनै पनि योजना पास नगर्ने भन्दै सामूहिक रुपमा आएको साझा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गराउने बताए ।
उनले भने,‘अब व्यक्तिगत योजना पास हुनेवाला छैनन्, वडा तहमा बढिभन्दा बढि जनताको सहभाीतामा पास भएको योजना आउनु पर्यो,स्थानीय सरकारलाई गुमराहमा राखेर कुनै पनि योजना बजेट प्रदेश सरकारबाट आउने छैन,स्थानीय सरकारलाई पनि बलियो बनाउनतर्फ मेरो जोड छ,स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले आफ्ना क्रियाकलाप गर्ने छ ।’
मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए ।
यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पहाडको बसाइसराई रोक्न यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा,स्वास्थको आधारभूत आवश्यकता र रोजगारको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्न सके मात्र बसाइसराई रोक्न सकिने बताए। यसो हुन नसके अबका केहि वर्षमा पहाडका गाउँबस्ती रित्तिने बताए ।
उनले भने,‘स्वास्थमा सहज पहुँच,शिक्षामा गुणस्तर र गाउँघरमै रोजगार,यहाँको पर्यटन प्रबर्धन,पूर्वाधार जस्ता विषयलाई जोडेर काम गर्न जरुरी छ ,तब मात्र केहि हदसम्म बसाइसराई रोकिन्छ,योजनाबद्ध तरिकाले अगाडि बढ्छौं, तपाईं सबैलेको साथ सहयोग चाहिन्छ ,यो तेरो मेरो भन्ने भावना त्यागेर हाम्रो हो भन्नेमा एक मत हुनुपर्यो। अनि मात्र तपाईं हामीले चाहेको विकास सम्भव छ ।’
मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि नयाँ सोच र योजना बनाएर अहिलेको सरकारले विकासको नमूना खडा गर्ने दावी गरे।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend