काठमाडौैं । सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको अर्को तथ्य खुलेको छ । आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ गार्मेन्ट ब्यवसायी हुन् ।
लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदै हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भनेर सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको खुलेको छ । सशस्त्र प्रहरी बलको आर्थिक प्रशासनका प्रमुख एसएसपी होम ज्ञवालीले श्रेष्ठको कम्पनीले पेश गरेको नमूनासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन राखेको आरोप छ । ज्ञवालीले नै अरु ठेकेदारलाई यो पटकलाई बिष्णुको कम्पनीलाई काम दिने भनेर सेटिङमा हिमाली आइटमको ठेक्का दिनेगरी उनको नमूनासँग मिल्ने स्पेक राखेको स्रोतले बतायो । लामिछाने गृहमन्त्री भएकै समयमा श्रेष्ठसँग भएको सहमति अनुसार गएको माघ १९ मा हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालिएको थियो ।
अर्थमन्त्रालयले बजेटको सुनिश्चितता गरे पनि निकासा अझै नगरेको उक्त टेण्डर २ महिना पुग्न लागिसक्दा पनि खोलिएको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले सफ्टवेयरमा समस्या आएका कारण उक्त टेण्डर खोल्ने मिति पछि सार्दैआएको छ । सुरुमा चैत ५ मा खोल्ने भनिएको उक्त टेण्डर, चैत ९ मा सारियो । चैत ९ मा समेत खोलिएन ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का चलखेल भएको समाचार बारम्बार आइरहेको छ । तर गार्मेन्ट ब्यवसाय गर्दैआएका बिष्णुकमार श्रेष्ठको नमूना पेश गरी उनको कम्पनीलाई मात्र मिल्नेगरी स्पेक राखिएको तथ्य भने हाल आएर खुलेको छ ।
सशस्त्रको हिमाली आइटम खरिदको टेण्डरमा तपाईको कम्पनीसँग मिल्नेमात्र नमूना राखेर टेण्डर गरी ठेक्का दिन खोजिएको हो भन्ने प्रश्नमा बिष्णुकुमार श्रेष्ठले भने–‘मेरो कम्पनीका कागजात बिभिन्न ब्यक्तिले लगेका छन् । उनीहरुले बोलपत्र मेरो कम्पनीको नाममा हालेका होलान् । मैले सशस्त्रको बन्दोबस्तीका सामानको टेण्डरमा भाग लिएको छैन ।’
कम्पनीको कागजात लगेर अरु ठेकेदारले टेण्डर पेश गर्न दिएपछि तपाईले नै भाग लिएको भएन र भन्ने प्रश्नमा उनले कम्पनी मात्र दिएको हो भने ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend