काठमाडौं । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ ।
नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव ५ पीएम र मृत शिशुसँगको सम्बन्ध रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
वायुमण्डलमा हुने २ दशमलव ५ पीएम पेट्रोल, डिजेल, धुवाँ र धुलोमा रहने गर्छ । धुलोका मसिना कण शरीरमा प्रवेश गरेपछि फोक्सोलाई असर गर्नुका साथै मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराइदिन्छ । विशेषगरी, बालबालिकालाई धुलोका कणले नराम्रोसँग असर गरिरहेको हुन्छ ।
आँखाले देख्न सकिने धुलोका कणलाई पीएम १० मा मापन गरिन्छ । पीएम २ दशमलव ५ मा आँखाले देख्न सकिनेभन्दा चारगुणा साना कण हुन्छन् । वातावरणविद्का अनुसार पीएम २ दशमलव ५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने गर्छ ।
चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतामा समेत ह्रास गराउनेलगायत हुन्छन् ।
प्रतिवेदनअनुसार वायु प्रदूषण र मृत शिशु जन्मनुको सम्बन्ध’दयगत यो अहिलेसम्मको विस्तृत अध्ययन हो । अध्ययनअनुसार सन् १९९८ देखि २०१६ सम्म १३ हजार ८ सय ७० आमासँग जोडिएको गर्भावस्थाका ४६ हजार ३ सय १९ वटा घटना विश्लेषण गरिएको जनाइएको छ । अ
ध्ययन प्रतिवेदनमा भनिएको छ, मृत शिशु जन्मनुको प्रमुख कारकका रूपमा वायुमण्डलमा धुलोका मसिना कण २ दशमलव ५ पीएमले प्रतिकूल प्रभाव पार्ने गरेको भेटिएको उल्लेख छ ।
मृत शिशु जन्मनुमा आमाको शरीर हुँदै गर्भमा रहेको बच्चामा प्रदूषित हावा पुग्दा त्यसले गम्भीर समस्या उत्पन्न गर्नसक्नेमा सन् २०१८ मा एक अध्ययन प्रतिवेदनमा समेत उल्लेख छ । बेलायतको लन्डनमा बस्ने गर्भावस्था आमाहरूलाई समावेश गरिएको नयाँ अध्ययनले उनीहरूको प्रत्येक बच्चाको प्लेसेन्टामा काला कण पत्ता लगाएको अनुसन्धानकर्ताले भनेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend