हुम्ला। यही चैत्र १७ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षमा हुम्लाको ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परीक्षार्थी मात्रै सहभागी हुने भएका छन् । पछिल्लो समय कोरोना महामारीपछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले बताए ।
गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए ।
दुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै आएर एसईई दिने भएपछि उक्त संख्या बढेको हो । जिल्लाका ६ वटा परीक्षा केन्द्र सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी हुनेछन् भने सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी गरी जिल्लाभरिबाट बाट १ हजार २ सय ३४ जना परीक्षार्थीको सहभागिता रहने छ ।
हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसईई परीक्षा दिँदैछन् । जसमा साधारणतर्फ १ हजार १ सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थीमध्ये १ हजार २ सय २८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी रहेका प्रमुख भट्टराईले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend