हुम्ला। यही चैत्र १७ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षमा हुम्लाको ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ जना परीक्षार्थी मात्रै सहभागी हुने भएका छन् । पछिल्लो समय कोरोना महामारीपछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको संख्या बढी देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले बताए ।
गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए ।
दुई वर्ष लगातार कोरोनाका कारण पठनपाठन बन्द हुँदा जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी जिल्लामै आएर एसईई दिने भएपछि उक्त संख्या बढेको हो । जिल्लाका ६ वटा परीक्षा केन्द्र सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी हुनेछन् भने सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी गरी जिल्लाभरिबाट बाट १ हजार २ सय ३४ जना परीक्षार्थीको सहभागिता रहने छ ।
हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसईई परीक्षा दिँदैछन् । जसमा साधारणतर्फ १ हजार १ सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेडवृद्धितर्फ ६ जना परीक्षार्थीमध्ये १ हजार २ सय २८ जना नियमित र ६ जना साधारणतर्फको ग्रेडवृद्धिका परीक्षार्थी रहेका प्रमुख भट्टराईले बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend