Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • माओवादी आज गण्डकी सरकारबाट बाहिरिने


    शुक्रबार, चैत्र १० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र आज गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बसेर माओवादीले सरकारको समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न लागेको हो।

    नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति भएको बताइएको छ । तर, पहिलो कार्यकालमा को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए।

    माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार