Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने


    सोमबार, चैत्र ६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो ।

    बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् । साथै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेको जानकारी पनि गराइसकेका छन् ।

    यही चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार