Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • घुससहित पोखरामा एक सब-इन्जिनियर पक्राउ


    शनिबार, चैत्र ४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सब-इन्जिनियरलाई पक्राउ गरेको छ।

    पोखरा महानगरपालिका-२८ मा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई पक्राउ गरेको हो ।

    उनलाई पोखरा-१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।

    बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस माग गरेका थिए।

    उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार