Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाण पत्र प्रदान


    शुक्रबार, चैत्र ३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई प्रमाण पत्र प्रदान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।

    जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

    एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । यस्तै, जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार