Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित


    बिहिबार, चैत्र २ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले स्ववियु निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।

    बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा.नारयणप्रसाद पौडेले जानकारी दिए।

    मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।

    विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पससँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार