Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीडीओको हस्ताक्षर कीर्ते गर्ने महन्थ जगन्नाथ बैष्णवलाई थुनामुक्त गराउन उच्च अदालतमा सेटिङ

    अरबौंका मठमन्दिरका जग्गा गैरकानुनी रुपमा बिक्री गर्नेलाई छु्टाउन माथिदेखि सेटिङ, आजै छाड्ने तयारी


    बिहिबार, चैत्र २ २०७९
    3.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • रुपन्देही । जिल्ला अदालत रुपन्देहीको आदेशले सरकारी कागज किर्ते गरेको अभियोगमा पुर्पक्षमा रहेका लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णवलाई थुनामुक्त गराउने चलखेल भएको छ । उच्च अदालत बुटवलबाट आजै उनलाई थुनामुक्त गराउने चलखेल भइरहेको छ । महन्थको उपाधिकै बदनाम गर्दैै गैरकानुनी काम गर्नेे बैष्णवको मुद्दाको पेशी आजै राखी छुटाउनेगरी बिचौलियाले सेटिङ मिलाएका छन् ।

    सरकारी कागज किर्ते गरेको आरोपमा महोत्तरीबाट पक्राउ परेका महन्तलाई जिल्ला अदालत रुपन्देहीले गत पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बैष्णवलाई छु्टाउन उच्च अदालत बुटवलमा ठूलै चलखेल भएको छ । जिल्ला अदालतको पुर्पक्षमा राख्ने आदेशबिरुद्ध बैष्णव उच्च अदालत बुटवलमा गएका थिए ।

    उच्च अदालत बुटवलमा ठूलै आर्थिक चलखेलमा उनलाई छाड्ने चलखेल भइरहेको स्रोतले दाबी गरेको छ । सरकारी कागजात कीर्ते गरेको आरोपमा थुनामा रहेका बैष्णवले बिरामीको बहानामा अस्पतालमा बसी चलखेल गरेर थुनामुक्त हुन लागेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीसँग सेटिङ गरी उनी पुस सात गतेदेखि नै उनी भैरहवास्थित एक निजी अस्पतालमा भर्ना थिए ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर खाता रोक्का रहेको बैकबाट ७० लाख बढी रकम निकालेको अभियोगमा उनी थुनामा छन् ।  महन्तसहित २ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएकोमा रकम निकाल्न र किर्ते गर्न सहयोग गरेका अन्य व्यक्तिहरू भने फरार छन् । महन्थलाई पनि छाड्न लागिएकोमा मटिहानी मठदेखि विभिन्न जग्गा संरक्षणमा लागेकाहरु चिन्तित भएका छन् ।

    महन्थ बैष्णवका अपराध र भ्रष्टाचारका शृंखला, कीर्ते कर्मदेखि अरबौंका मठमन्दिरका जग्गा बिक्री

    लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णवले मठमन्दिरको अर्बौ रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप छ । महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त वैष्णव कारबाही प्रक्रियाबाट जोगिन शक्तिकेन्द्रमा हारगुहार गर्दैआएका थिए । तर गएको पुसमा सीडीओकै कीर्ते हस्ताक्षर गरी रोक्का भएको बैंकखाताबाट ७० लाख रुपैयाँ निकालेपछि उनी पक्राउ परेका थिए ।

    महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ । मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेपछि उनलाई गुठी संस्थानले २०७६ मा निलम्बन गरेको थियो । तर तत्कालीन भूमिब्यवस्था मन्त्री पदमाकुमारी अर्यालले करोडौं घुस लिएर उनको निलम्बन फुकुवा गरेकी थिइन् ।

    महन्त जगन्नाथले अर्बौं रुपैयाँका सरकारी मठमन्दिरका जग्गा गैरकानुनी रुपमा बिक्री गरेको र कारबाही हुनबाट जोगिनका लागि पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले जनकपुरमा सञ्चालन गरेको जानकी केयर हेल्थ एन्ड सेन्टरलाई जग्गा उपलब्ध गराएका छन् । राज्यमन्त्री यादव र महन्त जगन्नाथको राम्रो उठबस रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार