Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कौडा खेलिरहेका ९ जना पक्राउ


    मंगलबार, फाल्गुन २३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार