काठमाडौं । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।
काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको जानकारी दिए। नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिँदै उनले तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताए। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन्।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्ण अधिकारीले सबैभन्दा बढी विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये ‘इन्टरनल मेडिसिन’मा एक हजार ८८ जना रहेको बताए। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेको उनले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend