काठमाडौं । फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका- ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वकाे टोली घटनास्थलमा पुगेकाे थियो ।
प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेकाे छ । घटनापछि फरार रहेका लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनकाे उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको जनाएको छ ।
ती युवतीमािथ जबरजस्ती करणी भएकाे हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण-५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend