Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ


    बिहिबार, फाल्गुन ११ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै आज बिहान काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका भेटवालमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।

    उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो। भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार