Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैरात तीन बैंकको मेसिन फोर्ने प्रयास, दुई जना पक्राउ


    बुधबार, फाल्गुन १० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एकैरात तीन बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ अर्जुन हुन् ।

    उनीहरुमाथि गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ ।

    ‘उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार