पर्सा। पर्साको ठोरी गाउँपालिका–४ विजय बस्तीस्थित हुलाकी सडकमा आज बिहान भएको सवारी दुर्घटनामा १३ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा ठोरी–४ कै विश्वास श्रेष्ठ हुन् ।
हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको भ्यानले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । कोचिङ क्लास पढेर घर फर्किने क्रममा भ्यानले ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए ।
प्रहरी चौकी विजयबस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराई अस्पताल वीरगञ्जमा ल्याएर भर्ना गरेको थियो । उपचारको क्रममा बिहान सवा १० बजे बालकको मृत्यु भएको हो ।
दुर्घटनापश्चात फरार रहेका सवारी चालक चितवन माडी नगरपालिका–३ का २५ वर्षीय पदमबिलास पन्तलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend