Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ७५ तोला चाँदीसहित सप्तरीमा एक युवक पक्राउ


    मंगलबार, फाल्गुन ९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले सप्तरीमा भारतीय सीमा क्षेत्र नजिकैबाट अवैध रुपमा ल्याएको ७५ तोला चाँदी बरामद गरेको छ। सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका चाँदीका गरगहनाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

    झापाको शिवसतासी नगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षीय कुमार तिरुवा विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। उनको साथबाट पत्थरबिनाको बाला थान १६, ब्रासलेट ३ थान र चाँदीका टुक्राहरू गरी जम्मा तौल गर्दा ७५ तोला ८ आना बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले उनलाई आवश्यक कारबाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार