सल्यान। सल्यानमा एक महिलाले नै महिलामाथि खुकुरी प्रहार गएकी छन्। ती महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई शनिबार बेलुका खुकुरी प्रहार गरेकी हुन् ।
खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको उनले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको तर खुकुरी नभेटिएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
उनलाई ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखिएको छ । घटनाको जाहेरी परेमा त्यहिअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाइ छ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend