काठमाडौं । पोखराबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९५ एम्पुल लागुऔषधसहित विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।
उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका–५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्यो । गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए ।
उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागूऔषध कारोबारी पत्ता लागेको उनले बताए । पोखरा महानगरपालिका–२५ हेम्जाको राजमार्गमा शंकास्पद गतिविधिमा संग्लन स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागूऔषध बरामद गरिएको हो।
पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७/७ एम्पुल फेला परेको छ । श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४/३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend