काठमाडौं । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ। भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा डा.भण्डारीको शुक्रबार दायाँ खुट्टामा जलेको भागमा शल्यक्रिया गरिएको भण्डारीका सहयोगी माधव न्यौपानेले मुम्बईस्थित उक्त अस्पतालबाट जानकारी दिएका हुन् ।
शुक्रबार दायाँ र बायाँ खुट्टाको शल्यक्रिया गर्ने तालिका रहे पनि पहिलो शल्यक्रियाका क्रममा बढी क्षति भएको पाइएपछि दोस्रो शल्यक्रिया हुन नसकेको हो। पहिलो शल्यक्रियाको अवस्थामा सुधार हेरी दोस्रो शल्यक्रिया गरिने न्यौपानेले जानकारी दिए ।
डा. भण्डारीको उपचार मा संलग्न मुख्य सर्जन डा. सुनील के सवानीका अनुसार दायाँ खुट्टामा जलनबाट गहिरो घाउ बने का कारण शल्यक्रियामा लामो समय लागे को थियो । चिकित्सकले बायाँ खुट्टाको घाउ भने त्यति ठूलो नभएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend