Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अभिनेत्री करिश्मा मानन्धरले मानहानीको उजुरी दिएका डिल्लीराम खनाल पक्राउ परे


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)की नेतृ एवम् नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएपछि उक्त मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।

    काठमाडौंको भोटाहिटीबाट खनाललाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए।

    ‘उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं’, उनले भने।

    आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

    न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। जुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइए पछि मात्र खनाल पक्राउ परेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार