Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ल्होत्से मलको मोबाइल पसल लुटपाटमा संलग्न र प्रहरीको गाडी आगजनी गर्ने अहिलेसम्म ३८ जना पक्राउ


    बिहिबार, फाल्गुन ४ २०७९
    3.1K
    Shares
    sobij
  • २ मिनेट पाठ
  • काठमाडौं। फागुन १ गते सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र ल्होत्से मलको मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् ।

    काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । घटनास्थलको फुटेज हेरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार आगजनी र तोडफोडमा संलग्न ६ जना र मोबाइल पसल लुटपाटमा ४ जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप ९ जना र लुटपाटमा संलग्न थप ४ जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।

    यता काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आगजनी तोडफोडमा संलग्न १२ जना र मोबाइल पसल लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।।’

    प्रहरीका दुई वटा गाडीमा तोडफोड र आगजनी भएको थियो भने ल्होत्से मलमा रहेको दुई वटा मोबाइल पसलमा लुटपाट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार