Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ल्होत्से मल प्रकरण

    ल्होत्से मलको मोबाइल पसलमा लुटपाटमा चालक र सह–चालक नै संलग्न ,१५ जना पक्राउ

    ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटमा संलग्न १५ जनालाई ल्होत्से मलको मोबाइल पसलमा लुटपाटमा पक्राउ गरेको छ ।


    बिहिबार, फाल्गुन ४ २०७९
    2.3K
    Shares
    sobij
  • २ मिनेट पाठ
  • काठमाडौं। ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटमा संलग्न १५ जनालाई ल्होत्से मलको मोबाइल पसलमा लुटपाटमा पक्राउ गरेको छ ।

    फागुन १ गते सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए ।

    उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।

    आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार