Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगको सूचना माग्ने पाख्रिनलाई प्रहरी बोलाएर थुनाउने धम्की


    मंगलबार, पुष ५ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले सूचना माग गर्ने नागरिकलाई प्रहरी लगाएर थुनाउने धम्की दिएको छ । निर्वाचनका क्रममा भएको खर्चको बारेमा सूचना माग गर्ने दोलखाका विश्वनीति प्रकाशमानसिंह तामाङलाई आयोगले प्रहरी बोलाएर थुन्ने धम्की दिएको छ । मंगलबार (आज) माग गरेको सूचना लिन जाँदा आयोगका जिन्सी शाखाका कर्मचारी विश्वराज दाहालले पाख्रिनलाई दरबारमार्ग बृत्तबाट प्रहरी बोलाएर थुनाउने धम्की दिएका छन् । 

    पाख्र्रिनले निर्वाचनका क्रममा भएको खर्चको मूल्य अभिबृद्धिकरसहितको विवरण माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएका थिए । जुन निवेदन अनुसार सूचना नदिई उल्टै सूचना माग गर्ने नागरिकलाई थुनाउन निर्वाचन आयोगका कर्मचारी दाहालले प्रहरी बोलाएको पाख्रिनले बताए । उनले भने–सूचना दिनुपर्नेमा उल्टो दरबारमार्ग बृत्तका प्रहरी बोलाएर थुनामा पठाउन खोजियो । । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को परिच्छेद २ मा स्पष्टरुपमा उल्लेख छ–‘प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ । प्रत्येक नेपाली नागररकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ ।’

    ऐन अनुसार नागरिकले सूचना माग्दा निर्वाचन आयोगले  प्रहरी बोलाएर थुनाउन खोज्नु दुःखद भएको बताए । उनले भने–अहिले पनि सार्वजनिक निकाय सूचनाको हक पालना गर्दैनन् भन्ने आयोगको यो ब्यवहारले देखाएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सूचना माग गर्ने नागरिकलाई सूचना अधिकारीले ऐन अनुसार सूचना दिनैपर्छ । पाख्रिनजी सूचना माग्न जानुपर्ने ठाउँमा जानुभएन होला । उहाँको प्रस्तुति कस्तो रह्यो ? त्यसमा भर पर्छ । सूचना अधिकारीले प्रक्रिया पुर्याएर दिएको निवेदन अनुसार समयभित्र सूचना दिइहाल्नुहुन्छ । तर जिन्सीतिर जाँदा त कहाँ सूचना पाइन्छ त ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार