काठमाडौं । निर्वाचन आयोगले सूचना माग गर्ने नागरिकलाई प्रहरी लगाएर थुनाउने धम्की दिएको छ । निर्वाचनका क्रममा भएको खर्चको बारेमा सूचना माग गर्ने दोलखाका विश्वनीति प्रकाशमानसिंह तामाङलाई आयोगले प्रहरी बोलाएर थुन्ने धम्की दिएको छ । मंगलबार (आज) माग गरेको सूचना लिन जाँदा आयोगका जिन्सी शाखाका कर्मचारी विश्वराज दाहालले पाख्रिनलाई दरबारमार्ग बृत्तबाट प्रहरी बोलाएर थुनाउने धम्की दिएका छन् ।
पाख्र्रिनले निर्वाचनका क्रममा भएको खर्चको मूल्य अभिबृद्धिकरसहितको विवरण माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएका थिए । जुन निवेदन अनुसार सूचना नदिई उल्टै सूचना माग गर्ने नागरिकलाई थुनाउन निर्वाचन आयोगका कर्मचारी दाहालले प्रहरी बोलाएको पाख्रिनले बताए । उनले भने–सूचना दिनुपर्नेमा उल्टो दरबारमार्ग बृत्तका प्रहरी बोलाएर थुनामा पठाउन खोजियो । । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को परिच्छेद २ मा स्पष्टरुपमा उल्लेख छ–‘प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ । प्रत्येक नेपाली नागररकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ ।’
ऐन अनुसार नागरिकले सूचना माग्दा निर्वाचन आयोगले प्रहरी बोलाएर थुनाउन खोज्नु दुःखद भएको बताए । उनले भने–अहिले पनि सार्वजनिक निकाय सूचनाको हक पालना गर्दैनन् भन्ने आयोगको यो ब्यवहारले देखाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सूचना माग गर्ने नागरिकलाई सूचना अधिकारीले ऐन अनुसार सूचना दिनैपर्छ । पाख्रिनजी सूचना माग्न जानुपर्ने ठाउँमा जानुभएन होला । उहाँको प्रस्तुति कस्तो रह्यो ? त्यसमा भर पर्छ । सूचना अधिकारीले प्रक्रिया पुर्याएर दिएको निवेदन अनुसार समयभित्र सूचना दिइहाल्नुहुन्छ । तर जिन्सीतिर जाँदा त कहाँ सूचना पाइन्छ त ?
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend