Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णय निन्दनीयः राष्ट्रसंघ


    शनिबार, पुष २ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्युयोर्क । संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि युरोपेली युनियनले पनि विरोध जनाएको थियो ।

    ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका पत्रकारलगायतका खाता बन्द गरेको थियो ।

    मिडिया स्वतन्त्रता ‘खेलौना नभएको’ संयुक्त राष्ट्रसघले ट्वीट गरेको छ भने ईयूले ट्विटरलाई प्रतिबन्धको धम्की दिएको छ ।

    ट्विटरका प्रवक्ताले अमेरिकी प्रविधि समाचार वेबसाइटमाथिको प्रतिबन्ध लोकेसन डाटाको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताए ।

    विश्वव्यापी सञ्चारका लागि संयुक्त राष्ट्रसंघका महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले निलम्बन गरिएको रिपोर्टले गहिरो विचलित भएको बताइन् ।

    ‘मिडिया स्वतन्त्रता खेलौना होइन’ उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा एक प्रमुख उपकरण हो ।’

    न्यूयोर्क टाइम्सका प्रवक्ताले निलम्बनलाई ‘संशयास्पद र दुर्भाग्यपूर्ण’ भने ।

    मस्कले आफ्नो निजी जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि निलम्बन गरिएको हो । एजेन्सी 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार